Logo

यसरी पक्राउ परे “बालयौन दुराचारी” अष्ट्रेलियन नागरिक



पोखरा । उनी नेपाल आएर प्याराग्लाइन्डिङ पाइलटको काम गरे । वर्किङ भीसामा नेपाल प्रवेशपछि पोखराको डिहिको पाटनमा भाडाको कोठामा बस्थे । जहाँ बालकहरुलाई राख्थे । प्रलोभनमा पारेर अप्राकृतिक मैथुन गर्थे ।

उनी हुन् अष्ट्रेलियन नागरिक बेरिम्यान थोमस अल्फ्रेड । ६३ वर्षीय अल्फ्रेडलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ७ साउनमा पक्रउ गर्यो । बालकहरुमाथि दुराचार गरेको अभियोगमा पोखरामा पक्राउ परे ।

पक्राउ गरिएका अल्फ्रेडमाथि अप्राकृतिक मैथुन कसुर अन्र्तगत मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले नेपाली बालकहरुलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी दुराचार गरी गराई पीडित बनाएका थिए ।


विशेष सूचनाका आधारमा ६ साउनमा बालयौन दुराचारका अभियुक्त अल्फ्रेड पक्राउ परेपछि थप अनुसन्धान भइरहेको छ । विगतमा पनि यस्तो गतिविधिमा संलग्न भएको हुनसक्ने बारे प्रहरी अनुसन्धान चलिरहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्