Logo

ललितपुर ‘साइकल सिटी’ !



काठमाडौं ८ साउन । ललितपुर महानगरपालिकाले कुपन्डोलदेखि लगनखेल–मंगलबजार हुँदै पुल्चोकसम्म साइकल लेन बनाउने भएको छ ।

हाल महानगर परिसरमा साइकल स्ट्यान्ड निर्माणाधीन छ । जसमध्ये एउटा साइकल स्ट्यान्ड निर्माण भइसक्ने भने अर्को निर्माणाधीन छ । महानगर परिसरको साइकल स्ट्यान्डमा करिब ३० साइकल पार्क गर्न सकिन्छ ।

ललितपुरलाई साइकल सिटीको रुपमा परिचित गराउन महानगरले साइकल लेन तथा साइकल स्ट्यान्ड निर्माण गर्ने भएको हो ।

लेन निर्माण कार्य ढिला हुने भए पनि साइकल स्ट्यान्डको निर्माण कार्य भने सुरु भइसकेको महानगरका सूचना अधिकारी रुद्र गौतमले बताए । –कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्