Logo

देशमा तरंग ल्याउने ललितानिवासको २९९ रोपनी जग्गा (तस्वीरसहित)



रिपोर्टर्स नेपाल । ललितानिवासको २९९ रोपनी जग्गा प्रकरणले देशको शक्तिशाली व्यक्तिहरुलाई विवादमा तानेको छ । नेपालको राजनीतिक, प्रशासनिक र न्याय क्षेत्रमा लामो अनुभव सँगालेकाहरु यस प्रकरणमा मुछिएका छन् ।

सरकारले मुआब्जा दिई अधिकरण गरिसकेको जग्गा व्यक्तिको नाममा पुगेको खुलेपछि देशको कार्यकारी अधिकार रहेका प्रधानमन्त्री निवास समेत भूमाफियाले हात पारेको विषय बाहिर आयो । यसमा जिम्मेवार कर्मचारी देखि राजनीतिक दलका नेता समेत संलग्न रहेको विषय उठ्यो ।
ललिता निवासको जग्गामा व्यापारिक घरानियाँहरुले समेत आँखा लगाएको पुष्टि भयो । भाटभटेनिको भव्य स्टोर भवन ललिता निवासको जग्गामा बनेको छ ।


गैर आवाशीय नेपाली संघ एनआरएनको भवन ललिता निवासको कम्पाउन्डको जग्गामा बनेको छ । सरकारी जग्गा व्यक्ति या संस्थाका नाममा पुर्याउन ठूलै चलखेल भएको छ ।

 


अख्तियारले ११ असारमा सूचना जारी गरी ८६ जनालाई बयानका लागि बोलाएको थियो । अख्तियारले ललिता निवास क्याम्पभित्र पर्ने बालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय, डिल्लीबजार काठमाडौंको कमृचारीहरुको मिलेमतोमा गैरकानुनी तरिकाले व्यक्ति विशेषलाई फिर्ता दिई अनधिकृत व्यक्तिहरुलाई जग्गाधनी र मोही कायम गरी भ्रष्टाचार गरेको उजुरी परेकाले अनुसन्धानका सिलसिलामा केही बुझ्नुपर्ने भन्दै म्याद सूचना प्रकाशित गरेको थियो ।


त्यसपछि पनि बयानका लागि बोलाउने क्रम जारी छ । हालसम्म एक सयभन्दा बढीलाई बयानका लागि बोलाइसकेको अवस्थामा अब शक्तिशाली नेताहरुसँग बयान लिने भएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता माधवकुमार नेपाल, नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छेदार र नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेललाई अख्तियारले बयान लिने तयारी गरेको हो ।


अख्तियारले बालुवाटार जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालका परिवार उमाकुमारी ढकाल्नी र लक्ष्मी ढकाल, रामकुमार सुवेदीकी पत्नी माधवी सुवेदी, व्यवसायी मिनबहादुर गुरुङ्गका छोरा कल्याण गुरुङ्गलगायतसँग बयान लिइसकेको छ । Photos: Reportersnepal.com



प्रतिक्रिया दिनुहोस्