Logo

आधिकारिक ट्रेड युनियन खारेज गर्दैनौं : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खारेज गर्ने पक्षमा सरकार नरहेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सरकारलाई असफल बनाउन कर्मचारीहरुको ट्रेड युनियन पनि खारेज गर्न लाग्यो भनेर भ्रम फिँजाउने काम भइरहेको दावी गर्दै सचेत रहन कर्मचारीहरुलाई आग्रह गरे।

बुधबार बिहान आफ्नै सरकारी निवास बालुवाटार पुगेका निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका पदाधिकारीसँगको सामूहिक भेटमा उनले राष्ट्र निर्माणको अभियानमा योगदान गर्न कर्मचारीहरुलाई निर्देशन दिए।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले कर्मचारी प्रशासनले सहयोग गरेको छैन् भन्ने नभएको उल्लेख गर्दै त्यसलाई अझ प्रभावकारी, स्वच्छ र सेवा उन्मुख बनाउनुपर्ने आवश्यक्ता औंल्याए। उनले सरकारलाई दिमाग र कर्मचारीहरुलाई हातखुट्टाको रुपमा चित्रण गर्दै कर्मचारीको सहयोगविना सरकार एक्लैले केही पनि गर्न नसक्ने उल्लेख गरे। प्रधानमन्त्री ओलीले कर्मचारीहरुको उपयुक्त माग पूरा गर्ने आश्वासन दिँदै आन्दोलनान जाने धम्की नदिन आग्रह गरे।



प्रतिक्रिया दिनुहोस्