Logo

भारतबाट खसी बोका चोरी निकासी



बर्दिया । भारतबाट खसी बोका चोरी निकासी हुनेगरेको खुलेको छ । प्रहरीले ७ साउनमा चोरी निकासी गरी खसी बोका ल्याउनेलाई बर्दियामा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २८ वर्षीय भीमबहादुर घर्ती समेत तीन जना छन् । उनीहरुलाई ट्रकमा ७२ वटा खसी बोका चोरी निकासी गरी ल्याएका थिए । प्रहरीका अनुसार चेकजाँचका क्रममा चोरी निकासी फेला परेका थिए ।

प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्