Logo

मनहरा खोलामा हातखुट्टा बाँधेर युवकलाई फालियो



काठमाडौं । मनिष भण्डारीलाई अपहरण गरी तीन दिनसम्म भ्यानमा राखियो । भ्यानमा राखेर मुखमा पट्टी बाँधेर विभिन्न ठाउँमा घुमाएर मनहरा खोलामा हातखुट्टा बाँधेर गएराति फ्याँकियो ।

कोटेश्वरस्थित मनहरा खोलाबाट हात खुट्टा तथा मुखमा पट्टी बाँधेर बेहोश अवस्थामा फ्याँकिएका उनी होशमा आए । होशमा आएर कराउन थाले । बचाउ बचाउ भन्दै गुहारे ।

आवाज सुनेपछि प्रहरीलाई केही व्यक्तिले खबर गरे । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनको तत्काल उद्दार गर्यो ।
उनलाई अपहरण गरी फ्याँक्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । सुनकोशी घर भई लोकन्थली बस्ने २७ वर्षीय मनिष भण्डारीलाई कस्ले र किन अपहरण गरी फ्याँक्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्