Logo

किशोरीमाथि जबरजस्ती करणी



कञ्चनपुर । १८ वर्षीया किशोरीमाथि करणी गर्ने २२ वर्षीय युवक पक्राउ गरेका छन् । प्रहरीका अनुसार पुनर्वास नगरपालिका बस्ने १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लालझाडी गाउँपालिका-६ बस्ने २२ वर्षीय बुधु राम चौधरीलाई ७ साउनको साँझ प्रहरीले पक्राउ गरेको हो ।

किशोरीलाई चौधरीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय त्रिभुबनबस्तीबाट खटिएको प्रहरीले चौधरीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्