Logo

फर्निचर पसलमा जुवा खेलिरहेका पक्राउ



इटहरी । प्रहरीले फर्निचर पसलमा जुवा खेलिरहेका पाँच जनालाई ७ साउनमा पक्राउ गरेको छ । जुवातास खेल्ने र खेलाउनेमाथि कडा नीति लिइरहेको प्रहरीले इटहरी उपमहानगरपालिका-१ हलगडा संगम मार्गस्थित किरण दाहालको फर्निचर पसलमा जुवातास खेलिरहेका पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ६९ वर्षीय भोज बहादुर अधिकारी समेत छन् । प्रहरलिे उनीहरुको साथबाट नगद २७ हजार ६ सय १५ रुपैयाँ र तास बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्