Logo

यातायातमा छजना विचौलिया समातिए



ललितपुर । यातायात व्यवस्था कार्यालयमा विचौलियाको काम गरिरहेका युवक पक्राउ परेका छन् । कुसुन्तीस्थित कार्यालयमा विचौलियाको काम गरिरहेका छ जनालाई ७ साउनमा पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डिएसपी गौतम मिश्रले बताए ।

मिश्रका अनुसार विचौलियाको काम गर्न पटक पटक पुगिरहने उनीहरुमाथि अनुसन्धान भइरहेको छ । विचौलियाहरुलाई हिरासतमा राखी अनुसन्धान भइरहेको उनले बताए ।

पछिल्लो समय सातदोबाटो वृत्तले पाकेटपार देखि विचौलियासम्मलाई पक्राउ गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्