Logo

रक्सी किन्दा नक्कली नोट दिएपछि…



चितवन । वियर किन्दा नक्कली नेपाली रुपैयाँ दिएपछि वीरेन्द्रनगरका पर्शुराम न्यौपाने पक्राउ परेका छन् । ७ साउनमा आदर्शकोतवाला गाउँपालिका रुपौलियास्थित मदिरा पसलमा वियर खरिद गर्दा उनले दिएको एक हजार दरको नोट नक्कली परेको थियो ।

नोट नक्कली परेको खबर मदिरा पसले मोहन सहनीले पाए । उनले तत्काल प्रहरीलाई खबर गर्दा चेकजाँचका क्रममा थप तीनवटा नक्कली नोट फेला परेको थियो ।

प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको जनाएको छ । हजार दरको नक्कली नोट फेला परेपछि ती नोट कहाँबाट आयो भन्नेबारे प्रहरी अनुसन्धान केन्द्रित छ ।



प्रतिक्रिया दिनुहोस्