Logo

कहाँ हराइन् यी महिला ?



लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले यी महिलाको खोजी तिव्र पारेको छ । उसले ८ साउनमा सूचना जारी गरेर यी महिलाको खोजी तिव्र पारेको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बेशिसहर नगरपालिका ८ बस्ने ३२ वर्षीया अमृता श्रेष्ठ २ साउनदेखि हराइरहेकी छिन् । गहुँगोरी वर्णकी ४ फिट ८ इन्च उचाईकी श्रेष्ठ उक्त दिन साँझ ४ बजेसम्म घरपरिवारको सम्पर्कमा थिइन् ।

महिलालाई फेला पारेमा तत्काल खबर गर्न समेत भनिएको छ । महिला कसरी हराइन् भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्