Logo

विदेशी थरीथरीका: धर्म परिवर्तन गराउने देखि यौन दुराचारीसम्म



पोखरा। नेपाल आएर लामो समय बस्ने विदेशी थरीथरीका भेटिएका छन् । उनीहरुमध्ये कतिपय गैरकानुनी र आपराधिक कार्यमा ममेत संलग्न छन् ।

प्रहरीले यसै हप्ता धर्म परिवर्तन गराउने र यौन दुराचार गर्ने विदेशीहरुलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट क्रिश्‍चियन धर्म प्रचार प्रसार गर्दै धर्म परिवर्तन गराउन खोज्दै हिँडिरहेका तीन जना विदेशी नागरिकहरुलाई ६ साउनमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जापानी ३७ बर्षीय जिरो सेकिया तथा ३७ बर्षीय रेइको सेकिया र कोरियाका ७३ बर्षिय छो यूस्याङ रहेका छन् । उनीहरुको साथबाट बाईबल तथा धर्मसँग सम्बन्धित पर्चा पम्पलेट समेत प्रहरीले बरामद गरेको हो ।

यसैगरी, पोखरामा बस्दै आएका प्याराग्लाइडिङ पाइलट अष्ट्रेलियन नागरिक बेरिम्यान थोमस अल्फ्रेड बालकहरुमाथि यौन दुराचारमा संलग्न भएको अभियोगमा पक्राउ परेका छन् ।

६३ वर्षीय अल्फ्रेडलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ७ साउनमा पक्रउ गर्यो । बालकहरुमाथि दुराचार गरेको अभियोगमा पोखरामा पक्राउ परे ।

पक्राउ गरिएका अल्फ्रेडमाथि अप्राकृतिक मैथुन कसुर अन्र्तगत मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले नेपाली बालकहरुलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी दुराचार गरी गराई पीडित बनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्