Logo

गृहमन्त्री थापाविरुद्ध पूर्व गृहमन्त्री शर्मा



साउन ८, काठमाण्डौ । नेकपा नेता एव्म पुर्वगृहमन्त्री जर्नादन शर्माले निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेकोप्रति असन्तुष्ट व्यक्त गरेका छन् ।

आज संसद बैठकपछि प्राइम टाइम्स टेलिभजनसंग कुरा गर्दै पुर्वगृहमन्त्री शर्माले गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त हत्या प्रकरणबारे दिएको अभिव्यक्ति सुहाउदो नभएको पनि बताएका छन् ।

गृहमन्त्री थापाले मंगलबार पत्रकार सम्मेलनमा क्रममा कन्चनपुरकी १३ बर्षिय निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणमा यस्ता घटना हिजो भएको र फेरी पनि हुन्छन भन्ने अभिव्यक्ति दिएका थिए ।

शर्माले मुलुकको शान्ति सुरक्षाको संयन्त्रलाई सुदृण पार्नुपर्ने पनि बताए । मलुकमा हुने अपराधका घटनाहरुलाई सुरक्षा निकायहरुले समन्वय गर्दैै त्यस्ता घटनालाई न्युनिकरण गर्न शर्माले सुझाब दिए ।



प्रतिक्रिया दिनुहोस्