Logo

शिक्षकद्वारा नाबालिकालाई आठ दिनसम्म होटलमा राखी करणी



पोखरा । शिक्षकले नाबालिकालाई आठ दिनसम्म होटलमा राखी करणी गरेका छन् । बिराटनगर घर भई उदयपुर जिल्ला चौदण्डी न.पा.वडा नं. ७ बस्ने म्यारीगोल्ड सेकेन्डरी बोर्डिङ स्कूलका शिक्षक २८ वर्षीय राकेश कुमार कानोडियाले उदयपूर बस्ने १४ बर्षीया नाबालिकालाई करणी गरेका हुन् ।

पोखरा ल्याई राखेका शिक्षक कानोडियालाई प्रहरीले ७ साउनमा पक्राउ गरेको छ । पोखरा लेकसाईड डिहिगोपाटन स्थित द कन्ट्री यार्ड होटलको कोठामा ल्याई नाबालिकाले प्रयोग गरेको मोबाइल नियन्त्रणमा लिई अविभावकसंग सम्पर्क समेत गर्न नदिई बन्धक बनाई राखेको अवस्थामा प्रहरी टोली खटिई गई निज नाबालिकाको उद्दार गरी अविभावकको जिम्मा लगाईएको जनाइएको छ ।

घटनामा नाबालिका भएकाले कडा कारबाहकिो अवस्था बनेको हो । मिलेमतोमै आएको भएपनि कम उमेरको केटी भएकाले बलात्कारको अभियोग अदालतमा दर्ता हुने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्