Logo

संसारको ध्यान तानिरहेकोे यो तस्वीर



काठमाडौं, साउन ९ । अहिले चीनबाट आएको एउटा तस्वीर विश्वभरी नै फैलिरहेको छ । भगवान स्वरुप मानिने चिकित्सकहरुले देखाएको त्यो मानवीय सेवाको भावलाई दुनियाँले सल्यूट गरिरहेका छन् ।

नेपालमा मात्र हैन विश्वका धेरै देशमा एउटा अस्पतालबाट अर्को अस्पतालमा लैजान वा त्यहीपनि भनेजस्तो उपचार पाउँन नसक्दा धेरै मानिसको अस्पतालमा नै अकालमा नै मृत्यु भइरहेको हुन्छ ।

अझ कहिलेकाँही त अस्पतालको रकम तिर्न नसक्दा मृत शरिर नै बन्दकी बस्नु परेका घटनापनि विश्वमा धेरै छन् । तर चीनको एक विकट गाँउमा जे भयो त्यो निक्कै प्रसंशनीय कार्य छ । २ महिनाका एक अनाथ बच्चाको जीवन बचाउँनका लागि चीनकमा डाक्टरले उसको उपचारको सारा खर्च आफै उठाए ।

उक्त अस्पतालको भन्दा राम्रो र गुणस्तरी उपचारका लागि एयर एम्बुलेन्समा राखेर ५०० किमी टाडाको चाइल्ड हस्टिपलमा लिएर गए । १६ जूनका दिन चीनको लिशुआन शहरमा एक पुलको तल एक दुई महिनाको शिशु फेला परेका थिए । उनलाई त्यहाँबाट उठाएर अनाथलयमा राखिएको थियो ।

एक दिनपछि अनाथालयका स्टाफले शिओनको अनुहार निलो भएको देखे । उनलाई सास लिन निक्कै समस्या हुँन थाल्यो । स्टाफले त्यही एन्शी शहरको अस्पतालमा लिएर गए ।

शिओनको छाती र मुटुमा इन्फेक्सन भइसकेको रहेछ । शिओनको हार्ट फेल हुने अवस्था आइसकेको थियो । सोही एन्शी अस्पतालका डाक्टरले कोसिस गरे । तर सम्भव नहुनेजस्तो देखिएपछि शिओनको राम्रो उपचारका लागि वुहान प्रान्तको चाइल्ड हस्पिटलमा भर्नाका लागि बन्दोबस्ती मिलाए ।

त्यसका लागि उनले त्यहाँका डाक्टरसँग सम्पर्क राखे । चाइल्ड अस्पतालका डाक्टरलेपनि शिओनको उपचार गर्न मन्जुर भए । तर उनको हार्ट लगभग फेल हुने स्थिति थियो । उनको जति सक्दो चाँडो अप्रेशन गर्नुपर्ने थियो । तर उक्त अस्पताल पुर्याउँनपनि ५०० किमि टाढा थियो ।

एन्शीबाट वुहानको दूरी ५०० किमी छ । एम्बुलेन्सबाट उनलाई लग्न कम्तिमापनि ८ घण्टा लाग्दथ्यो । तर यो समय जीन्दगीका लागि निक्कै मुल्यवान पर्न सक्थ्यो ।

यसकारण अस्पतालका चिकित्सकहरु मिलेर एक मेडिकल रेस्क्यू हेलिकोप्टरको बुक गर्ने निर्णय लिए । यसमा बच्चालाई अस्पतालमा उपचार गरिरहेजसरी नै लैजानका लागि सबै मेडिकल उपकरण थिए ।

त्यसपछि अस्पतालबाट हेलिकोप्टर रहेको स्थानसम्मपनि पुर्याउँन शिओनलाई राखिएको एम्बुलेन्सलाई एक पुलिस मोटरसाइकलले स्कर्टिङ गर्यो ताकि एम्बुलेन्स कुनै ट्राफिक जाममा नफसोस् । यसरी हेलिकोप्टरबाट उनलाई वुहानको अस्पताल पुर्याईयो । उनको अप्ररेशन सफल भयो ।

अब उसकी स्थिति ठिक हुँदै गएको छ । यसैले विश्वले उक्त मानवीय सेवा गर्ने चिकित्सकहरुलाई प्रसंशा गर्दै यो तस्वीर सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् ।

कतिपयले आफ्नो स्थानका चिकित्सकहरुपनि यस्तै भईदिए हुन्थ्यो भन्दै अपेक्षाका साथपनि यो तस्वीर सहितको खबर सेयर गरिरहेका छन् ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्