Logo

आफुु भन्दा १२ बर्ष जेठीको प्रेमले पगाल्दा



काठमाडौं, साउन ९ । अर्जुन कपूर र मलाइका अरोरा प्रेमसम्बन्धमा रहेको खबरले बलिउड तातेको छ । यो चर्चा त्यतिबेलादेखि हुन थालेको थियो, जतिबेला मलाइकाको पूर्वपतिसँग डिभोर्स पनि भएको थिएन ।

डिभोर्सपछि अर्जुन र मलाइकाले खुलेआम प्रेमसम्बन्ध शेयर गरिरहेका छन् । देख्दा यस्तो लाग्छ कि, यी दुई एकअर्काको गहिरो प्रेममा छन् ।

मलाइका अर्जुन कपूरभन्दा झण्डै १२ वर्ष जेठी छिन् । अर्जुन कपूरको सलमान खानको परिवारसँग पनि राम्रो सम्बन्ध छ । एक समय अर्जुनले सलमान खानकी बहिनी अर्पितालाई पनि चाहन्थे ।

तर, पछि उक्त कुरा कुरामै सीमित रह्यो । सलमान खानको पार्टीमा अर्जुन जाँदा उनी मलाइकाप्रति आकर्षणमा परे ।

पछि जे भए पनि अहिले भने अर्जुन र मलाइका एकअर्कालाई चाहेका छन् । रेस्टुरेन्ट र सिनेमा मात्र होइन, यी दुईले विदा पनि एकसाथ मनाउन थालेका छन् ।

के दुवैले बिहे गर्लान् रु यसबारेमा कतिले भन्छन्, यी दुई बिहेको तयारीमा पनि लागेका छन् । अर्कातिर अर्जुनका बुबा बोनी कपूर पनि यो सम्बन्धलाई लिएर खुशी छैनन् । मलाइका छोराले पनि यो सबै बुझेका छन् । मलाइका पूर्वपति अरबाज पनि अरूसँग सम्बन्धमा छन् ।

मलाइका र अर्जुन अहिले खुशी छन् । दुवै अब साथीबाट माथिल्लो लेभलमा पुगेका छन् । कतिपयले यी दुईको बिहे हुन सक्ने बताउँछन् ।

अहिले भने यी दुवै बिहे नगरीकनै खुशी रहन चाहन्छन् । धेरैको भने यी दुईको बिहे नहुने भनाइ छ । आखिर अर्जुनका परिवार पनि त खुशी छैनन् ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्