Logo

युरोपियन च्याम्पियन्स लिग फुटबल छनौटमा सेल्टिक विजयी



काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको छनौट खेलमा स्कटल्याण्डको सेल्टिकले इस्टोनियाको नोमे काल्यु फुटबल क्लबलाई हराएको छ । दोस्रो चरणको छनौटअन्तर्गत गएराती आफ्नै मैदानमा सम्पन्न पहिलो लेगको खेलमा सेल्टिक ५–० ले विजयी भयो ।

काल्युविरुद्धको फराकिलो जितपछि सेल्टिकले अर्को चरणमा पुग्ने संभावना बलियो पारेको छ । दोस्रो लेगको खेल इस्टोनियामा अर्को हप्ता हुनेछ ।

च्याम्पियन्स लिग छनौटकै अन्य खेलहरुमा बेलारुसको बाते बोरिसोभले नर्वेको रोजेनवर्गलाई २–१ ले हराउँदा रोमानियाको सि.एफ.आर क्लुजले इजरेलको मकाबी तेल अभिभलाई १–० ले पराजित गर्‍यो । गएरातीका अन्य खेलहरुमा टर्कीको मारिबोर, सर्वियाको रेड स्टार बेलग्रेड र हंगेरीको फेरेनभारोसी पनि विजयी भएका छन् । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्