Logo

१४ जुवाडे पक्राउ



काभ्रे । प्रहरीले बनेपा क्षेत्रबाट सात जना जुवाडे पक्राउ गरेको छ । राम मन्दिरस्थित घरमा दमाई सिंह वाईवालगायत सात जना जुवा खेलिरहेको अवस्थामा एक लाख ४७ हजार नगदसहित ८ साउनको साँझ पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी बनेपा नगरपालिका-८ पुरानो खसी बजारबाट तेमाल गाउँपालिका-५ घर भई सोही स्थानमा डेरा गरी बस्ने ६४ वर्षीय चतुरमान तामाङको कोठामा जुवातास खेलिरहेका बेथानचोक गाउँपालिका-५ बस्ने ३० वर्षीय अमृत लामा लगायत ७ जनालाई नगद १ लाख २३ हजार रुपैयाँ र १० बुक तास सहित प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्