Logo

ग्याङ फाइटमा मारिए युवक, नौ पक्राउ



दमक । युवाहरुबीच ग्याङफाइटका क्रममा एक जनाको मृत्यु भएको छ । दमकस्थित दुर्गा मन्दिरमा भएको ग्याङ फाइटमा १८ वर्षीय विक्रम लिम्बु ८ साउनमा मारिएका थिए ।

गम्भीर घाइते लिम्बुलाई उपचारका लाग लाइफ लाइन अस्पतालमा पुर्याइएपनि उपचारका क्रममा निधन भएको थियो । घटनामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कुशल मगरसहित छन् ।

घटनामा घाइते एक जनालाई बिएण्डसी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । ग्याङफाईट भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्