Logo

ओडारमा भेटियो चार नाल भरुवा बन्दुक



ताप्लेजुङ । जंगलको ओडारबाट चार नाल बन्दुक फेला परेको छ । फुग्लिङ नगरपालिका-११ फवाखोलास्थित जंगलको ओडारमा ७ साउनको दिउँसो बेबारिसे अवस्थामा ४ नाल भरुवा बन्दुक फेला पारी प्रहरीले बरामद गरेको हो ।

बिमानस्थल सुरक्षा गार्ड सुकेटारबाट खटिएको टोलीले गस्ती गर्दै जाने क्रममा ती बन्दुकहरू फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्