Logo

निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्नु सरकारको ठूलो असफलता : प्रवक्ता शर्मा



काठमाडौं, ९ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कन्चनपुरकी बालिका निर्मला पन्त हत्याकान्डका दोषीलाई एक वर्षसम्म पनि पक्राउ गर्न नसक्नु सरकारको ठूलो असफलता भएको जनाएको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सन्चारकर्मीहरुसित कुरा गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले निर्मलाको बलात्कार(हत्यामा संलग्नलाई कारबाही गर्नुको सट्टा घटना भएको वर्ष दिन पुग्दैगर्दा गृहमन्त्रीबाट आएको गैरजिम्मेवार अभिव्यक्तिलेसमेत सरकार अपराधीको संरक्षणमा लागेको छ भन्ने पुष्टि गरेको आरोप लगाए । उनले तत्काल दोषीलाई कारबाहीको दायरामा ल्याउनसमेत माग गरे ।



प्रतिक्रिया दिनुहोस्