Logo

छिमेकीको कुकुरसँग अवैध यौन सम्बन्ध राखेको भन्दै घर निकाला



काठमाडौं । एक कुकुर मालिकले आफ्नो कुकुरले छिमेकीको कुकुरसँग अवैध सम्बन्ध राखेको भन्दै घर निकाला गरेका छन् । यो घटना सत्य हो तर नेपालको भने होईन् ।

भारतको तिरवंतपुरममा एक तीन वर्षको पमेरियन कुकुरलाई उनका मालिकले अर्को कुकुरसँग सम्बन्ध बनाएको आरोप लगाउँदै घरबाट निकालेका हुन् । यो घटनाले अहिले सबै चकित भएका छन् । उनले आफ्नो कुकुरमा नैतिकता नभएको भनेका छन् ।

उनको कुकुरलाई अहिले एक संस्थाले जिम्मा लिएको छ । कुकुरलाई जिम्मा लिएका अधिकारी ९शमीम०का अनुसार यो वास्तवमा सुन्दर छ ।

यसलाई कसैले चाँडै लैजानेछ तर कुकुरलाई हेर्दा उसको पुरानो मालिक फर्केर आउँने विश्वास गरिएको छ । शमीमले कुकुरसँगै मालिकद्धारा लेखिएको एक चिठ्ठी पाएपछि उनी चकित भएका हुन् । चिठ्ठीमा भनिएको छ, ‘यो एकदमै सुन्दर कुकुर स्त्री प्रजातीको हो ।

यसले धेरै खाना खाँदैन, आजसम्म बिरामी भएको छैन । यसलाई हरेक ५ दिनको अन्तरमा नुहाउनुपर्छ । आजसम्म कसैलाई टोकेको छैन । खानामा दुध र अण्डा मन पराउँछ ।’

मालिकले अन्त्यमा भनेका छन्, ‘यसलाई यसकारण घरबाट निकालिएको छ कि यसले छिमेकीको कुकुरसँग अवैध सम्बन्ध राख्यो ।’ यो चिट्ठी मलयाली भाषामा लेखिएको छ ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्