Logo

तीन सय शरणार्थी चढेको डुंगा डुब्यो



काठमाडौं, साउन १० । लिबियामा शरणार्थी चढेको डुंगा पल्टिदाँ करिब १५० जना बेपत्ता भएका छन् । करिब ३०० भन्दा बढी व्यक्ति सवार डुंगा मध्ये एक सय ५० भन्दा बढी अझै हराइरहेका छन् ।

एजेन्सीका अनुसार एक सय ४७ जनालाई डुब्नबाट बचाउन सफल भएको समाचारमा जनाइएको छ । खबरअनुसार राजधानी त्रिपोलीबाट करिब एक सय २० किलोमिटरको दूरीको भएको जनाईएकोे छ ।

डुंगामा सवारहरु लिबियाबाट भू–मध्य सागर पार गरी युरोप जान हिडेका थिए। हालसम्म एक जनाको शव भेटएिको र वेपत्ता सबैको मृत्यु भएको हुनसक्ने अनुमान लिवियाली सरकारले लगाएको छ ।



प्रतिक्रिया दिनुहोस्