Logo

मापसे छल्न एक हजार घुस



काठमाडौं । मादक पद्धार्थ सेवन गरी मोटरसाइकल चलाएको अवस्थामा नियन्त्रणमा लिएपछि चालकले प्रहरीलाई घुस दिन खोजे । मध्यपुरठिमी नगरपालिका कौशलटारबाट खटिएको टोलीले मादक पद्धार्थ सेवन गरेको पत्ता लगाएर कागजपत्र माग्दा एक हजार घुस दिन खोजे ।

बा ८८ प ५०२६ नम्बरको मोटरसाइकल चालक काभ्रे नमोबुद्ध नगरपालिका-१० घर भएका २२ वर्षीय संजिब लामा र मोटरसाइकलमा सवार मकवानपुर घर भएका १९ वर्षीया सविना थापालाई ९ साउनको साँझ प्रहरीले तत्काल पक्राउ गरेको छ ।

प्रहरकिा अनुसार दुबै जनालाई उक्त रकम र मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्