Logo

अन्नपूर्ण पोस्ट् र मेडिसिटी हस्पिटलबीच सम्झौता



काठमाडौं, १० साउन । अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिक र नेपाल मेडिसिटी हस्पिटलबीच ‘अन्नपूर्ण पोस्ट्’ को ग्राहक अभियानमा सहकार्य गर्ने सहमति भएको छ । शुक्रबार ललितपुरको सैँबुस्थित हस्पिटलमा सहकार्य गर्ने सहमति भएको हो ।

‘मेडिसिटी अन्नपूर्ण स्वस्थ मुटु प्याकेज’ नाम दिएको अभियानलाई दुई संस्था मिलेर सञ्चालन गर्नेछन् । शुक्रबार हस्पिटलमा आयोजित कार्यक्रममा अन्नपूर्ण पोस्ट् कर्पोरेट स्ट्राटेजी, ब्राण्ड र सर्कुलेसन विभाग प्रमुख प्रनील अर्याल र अस्पतालका महाप्रबन्धक विजय रिमालले सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

अन्नपूर्ण पोस्ट्को वार्षिक ग्राहक बन्दा नेपाल मेडिसिटी हस्पिटलले पाँच हजार रुपैयाँ बराबरको मुटु परीक्षण प्याकेज नि:शुल्क रूपमा उपलब्ध गराउने छ । यो प्याकेज अन्तर्गत इसीजी, इको, लिपिड प्रोफाइल, सीबीसी, क्रेटिनाइन, सोडियम, पोटासियम, युरिया, ग्लुकोज फास्टिङ परीक्षण र चिकित्सकसँग परामर्श सेवा लिन पाइनेछ ।

अन्नपूर्ण पोस्ट्ले आफ्ना सम्पूर्ण ग्राहकको मुटु स्वस्थ राख्ने अभियान अन्तर्गत यो प्याकेज ल्याएको हो । मुटु रोग गम्भीर रुपमा बढिरहेको बेला स्वस्थ व्यक्तिले पनि आफ्नो मुटुको अवस्था थाहा पाऊन् भनेर यस्तो प्याकेज ल्याइएको सर्कुलेसन विभाग प्रमुख अर्यालले बताए ।

अस्पतालका महाप्रबन्धक रिमालले अन्नपूर्ण पोस्ट्ले ल्याएको ‘स्वस्थ मुटु अभियान’ले मुटुरोग सम्बन्धि सचेतना बढाउने भएकाले हस्पिटलले सहकार्य गरेको बताए । स्वस्थ मुटुका लागि बेलाबेलामा मुटु परीक्षण गर्नुपर्ने उल्लेख गर्दै रिमालले अन्नपूर्ण पोस्ट्को ग्राहक बने बापत हस्पिटलले उपलब्ध गराउने निशुल्क परीक्षण सेवाले धेरै मानिसले लाभ लिन सक्ने बताए ।

 



प्रतिक्रिया दिनुहोस्