Logo

नेविसंघको प्राविधिक विद्यार्थी परिषद्ले गर्यो दीप प्रज्वलन



साउन १०, काठमाण्डौ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पूरा भएको छ । तर आजसम्म अपराधी पत्ता लाग्न सकेको छैन ।

सरकारले पन्तको हत्यारा पत्ता लगाउन नसकेकोमा निरन्तर विरोध प्रदर्शन गर्दै आएको नेपाल विद्यार्थी संघको प्राविधिक विद्यार्थी परिषद् (फोट्स)ले आज काठमाण्डौको माइतीघरमा दिप प्रज्वलन गरेको छ । एक वर्षअघि हत्या गरिएकी निर्मलाको सम्झनामा दिप प्रज्वलन गरिएको हो ।

१ वर्ष पुगेको अवसर पारेर दीप प्रज्वलन गरिएको फोट्सका अध्यक्ष सुवाश घिमिरेले बताए ।

साथै सरकारलाई जति सक्दो चाँडो अपराधी पत्ता लगाउन दबाब दिने उद्धेश्यले पनि दिप प्रज्वलन गरिएको नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

‘हत्या प्रकरणमा विभिन्न अनुसन्धान नभएको पनि होइन । तर एक वर्षको अनुसन्धान प्रगति हेर्दा शून्य देखिन्छ ।’- भट्टले भने ।

घटनाको केन्द्रीय अनुसन्धान ब्युरो, सीआईबीसहित एक दर्जन टोलीले घटनाबारे अनुसन्धान गरिसकेका छन् ।

अनुसन्धानकै क्रममा झण्डै एक सयभन्दा बढीको डीएनए परीक्षण भयो । तर, त्यसबाट हत्यारासम्बन्धी कुनै पनि तथ्य पत्ता लाग्न सकेको छैन ।

एक वर्षको अवधीमा प्रहरीले कुनै उपलब्धि हासिल गर्न नसक्नुको पछाडि प्रहरीकै लाबरबाही भएको आरोप पनि लाग्दै आएको छ ।

गत वर्ष साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी पन्त भोलिपल्ट बिहान उखुबारीमा अर्घनग्न अवस्थामा मृत फेला परेकी थिइन् ।

कार्यक्रम ने वि संघका निवर्तमान महामन्त्री कुन्दन राज काफ्लेको प्रमुख आतिथ्मा सम्पन्न भएको थियो । कार्यक्रममा महिलासंघकी महासचिव धना खतिवडा विद्यार्थी नेताहरु राम प्र. अधिकारी , बलदेव तिमल्सिना , सुशील भट्ट लगायत नेता कार्यकर्ता तथा विद्यार्थीहरु सहभागी रहेको विद्यार्थी नेता ईश्वर अधिकारीले जानकारी दिए । ्कार्यक्रममा निर्मलाले न्याय कहिले पाउने नामक बोर्ड राखिएको थियो ।

तस्विर : सुशील भट्ट



प्रतिक्रिया दिनुहोस्