Logo

अमेरिका विरुद्ध सिंगो नेकपा की प्रचण्ड मात्रै ?



काठमाडौं ११ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकी प्रतिबन्धविरुद्ध क्युवाली जनताको संघर्षमा ऐक्यवद्धता व्यक्त गरेका छन् ।

कम्युनिष्ट मुलुक क्युवामा लामो समयदेखि अमेरिकाले विभिन्न किसिमका प्रतिबद्ध लगाउँदै आएको छ ।

काठमाडौंमा शुक्रबार आयोजित क्युवाप्रतिको ऐक्यबद्धतासम्बन्धी नवौं एसिया–प्रसान्त क्षेत्रीय सम्मेलनमा सम्बोधन गर्दै दाहालले समाजवादप्राप्तीको लक्ष्यका लागि क्युवाली कम्युनिष्ट पार्टीको योगदानको प्रशंसा गरे ।

दाहालले अमेरिकाको आर्थिक प्रतिबन्ध विरुद्ध क्युवाली जनताले देखाएको साहसको पनि प्रशंसा गरे ।

‘दशकौंदेखिको प्रतिबन्ध र नाकाबन्दीका बाबजुत क्युवाली जनताले अन्यापूर्ण व्यवहारबाट शान्ति र स्वतन्त्रता प्रेमी जनतालाई मार्न सकिंदैन भन्ने कुरा विश्वलाई देखाइदिएका छन्, ’ दाहालले भने, ‘क्युवाविरुद्ध लगाइएको प्रतिबन्धले त्यहाँका जनताको धैर्य, राष्ट्रवादी सोच र संम्प्रभुताको रक्षा गर्ने बिषयलाई कमजोर बनाउन सक्दैन ।’ -नागरिक दैनिकबाट

 



प्रतिक्रिया दिनुहोस्