Logo

पारस बने कुवेतविरुद्ध नायक



काठमाडौं । नेपालले कुवेतमाथि सानदार जीत निकाल्दै आइसीसी टी ट्वेन्टी विश्वकप छनोटको ग्लोबल क्वालिफाई चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । ११ साउनको विहान सिंगापुरमा भएको खेलमा नेपालले कुवेतलाई सात विकेटले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको कुवेतले ९ विकेटको क्षतिमा १४१ रन बनाएको थियो । जवाफमा नेपालले २५ बल बाँकी छँदै ३ विकेटको क्षतिमा १४३ रन बनायो ।

नेपालका बलरहरु चम्कँदा कुवेतले १४१ रनमै समेटिएको हो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ६८ रन बनाए । उनले ४२ बलमा उक्त रन बनाएका थिए । सरद भेष्वाकरले ३८ र ज्ञानेन्द्र मल्लले १९ रन बनाए ।


नेपालका लाििग सन्दीप लामिछाने र वसन्त रेग्मीले तीन तीन विकेट लिए । करन केसी दुई विकेट लिए । नेपालको जीतमा कप्तान पारस खड्का नायक भए । बलिङतर्फ सन्दीप लामिछाने र वसन्त रेग्मी नायक भए । Photo: youtube



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम