Logo

बन्दुक बोकेर जंगल धुम्दै गरेका पक्राउ



काठमाडौं, साउन ११ । मोरङको कानेपोखरी गाउँपालिका–७ जनजागृति सामुदायिक वनमा भरुवा बन्दुकसहित धुम्दै गरेका दुई जनालाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको छ ।

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिका प्रतिनिधिसहितको टोलीले गस्ती गर्ने क्रममा कानेपोखरी गाउँपालिका–५ जहदाका २६ वर्षीय धनकेशर राई र उर्लाबारी नगरपालिका–४ का ४४ वर्षीय शम्भु गहतराजको साथबाट भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।

उनीहरुमाथी चोरी सिकारी तथा विप्लपको राजनीतिसंग जादेर दुबै जनामाथी केरकार भइरहेको इलाका प्रहरी कार्यालय पथरी अनुसन्धानमा लागेको छ ।



प्रतिक्रिया दिनुहोस्