Logo

छवि-शिल्पालाई छिट्टै पक्रन्छौं : प्रहरी प्रवक्ता (भिडियोसहित)



काठमाडौं, ११ साउन । बहुविवाहको उजुरी परेपछि चर्चित निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेललाई पक्राउ गर्न प्रहरीले खोजी तिव्रता गरेको छ । नेपाल प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोखरेलले आफूहरु ओझा र पोखरेलको खोजीमा जुटिसकेको बताए । शुक्रबार प्राईम टाईम्स टेलिभिजबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डिआईजी पोखरेलले यस्तो बताएका हुन् ।

उनले भनेका छन्,‘हामी अनुशन्धानको नजिक पुगेका छौं । एक–दुई दिनभित्रै छवि र शिल्पालाई पक्राउ गर्छौं । कारबाही कसरी अघि बढाउने भन्ने कुरा पक्राउ गरेपछि मात्रै थाहा हुन्छ । छविराजजीको जेठी श्रीमती हेमाको उजुरीमा पनि अनुशन्धान गर्छौं । बहुविवाह गर्नेलाई छोड्दैनौं ।’



प्रतिक्रिया दिनुहोस्