Logo

नेपाल–भारत सम्बन्धमा नयाँ आयाम



साउन ११, काठमाण्डौ । नेपाल र भारतविच कुटनितिक सम्बन्धको बारेमा पटक–पटक कुरा उठ्दै आएको छ । भारतका लागि नेपालका राजदूतलाई भारतका शीर्ष तहले वेवास्ता गरेको गुनासोसमेत हुँदै आएको थियो ।

तर शुक्रबार राजदूत निलाम्बर आचार्यले भारतका विदेशमन्त्री एस जयशंकरलाई भेटेका छन् । यो भेटले नेपाल–भारतबीचको सम्बन्धमा कुनै समस्या नरहेको संकेत दिएको छ ।

भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्य र भारतीय विदेशमन्त्री एस जयशंकरविच शुक्रबार भेटवार्ता भए । भेटमा नेपाल भारत सम्बन्धबारे बृहत् छलफल भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

त्यो संगै नेपाल–भारत प्रबुद्ध समुहले तयार पारेको इपिजि प्रतिवेदनका बारेमा समेत छलफल भयो । तयार भएको लामो समयसम्म पनि भारतका प्रधानमन्त्री मोदीले बुझेका छैनन् । कुटनीतिज्ञहरुले भने प्रतिवेदन बुझ्न ढिला गर्न नहुने सुझाब दिएका छन् ।

भारतका प्रधानमन्त्री मोदीले आफ्नो दोस्रो कार्यकालमा विदेशमन्त्री बनाएका एस.जयशंकर नेपालप्रति अनुदार छन् भन्ने टिप्पणी भइरहेको थियो । तर जयशंकरले राजदूत आचार्यलाई दिएको भेटपछि त्यो अनुमान पनि गलत सावित भएको छ ।

यद्यपी भेटलाई सार्थक बनाउनका लागि दुई देशबीच रहेका समस्या समाधानका लागि थप कुटनीतिक पहल गर्नुपर्ने पूर्वराजदूत उपाध्याय बताउँछन् । यता नेपालको परराष्ट्र मन्त्रालयले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा उपाध्यायले जोड दिएका छन् ।

प्रधानमन्त्री भएपछि केपी ओली दुई पटक भारत भ्रमणमा गइसकेको छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि नेपालप्रति अनुदार देखिएका छैनन् । दुई देशबीचका प्रधानमन्त्रीद्धय मोदी र ओलीबीच विभिन्न मुद्धामा टेलिफोन वार्ता हुने गरेको छ ।

नेपाल र भारतविच विगत देखिनै सम्बन्ध राम्रो भएकोले बेला बखत आएको केही सानातिना कुरालाई लिएर सम्बन्ध बिग्रियो भनेर शंका गर्न नहुने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्