Logo

एकै वर्षमा पौने तीन लाख यूनिट रगत संकलन



काठमाडौं । देशभर एकै वर्षमा झण्डै पौने तीन लाख यूनिट रगत तथा रक्ततत्व संकलन भएको छ । रक्तसञ्चार सेवा थालनी भएको ५३ वर्ष पूरा भएको अवसरमा नेपाल रेडक्रस सोसाइटीले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष २०७५७६ मा दुई लाख ७१ हजार नौ सय २२ यूनिट रगत संकलन भएको सोसाइटीले जनाएको छ । सोही वर्ष तीन लाख ४५ हजार एक सय ५१ यूनिट रगत तथा रक्ततत्व विरामीलाई उपलब्ध गराइएको छ ।

१२ साउन २०२३ सालमा रेडक्रसको अगुवाइमा रक्तसञ्चार सेवाको थालनी भएको थियो । रेडक्रसले आजको आवश्यकता रक्तदानमा सहभागिता नाराका साथ सेवा सञ्चालन गर्दै आएको छ । तस्वीरः नेपाल रेडक्रस सोसाइटी



प्रतिक्रिया दिनुहोस्