Logo

मेलम्ची खानेपानी आयोजना लथालिङ्ग, कसले सम्हाल्ने ?



साउन १२, काठमाण्डौ । नेपालको इतिहासकै सर्वाधिक चर्चित मेलम्ची खानेपानी आयोजनाको मुख्य काम अहिले लथालिङ अवस्थामा ठप्प रहेको छ ।

गत पुस १ गतेबाट सीएमसी नामक इटालियन ठेकेदार कम्पनीले मेलम्चीको हेडवर्क्स तथा सुरुङ निर्माण कार्य छोडेर हिँडेपछि आयोजना अलपत्र परेको हो ।

बाँकी काम सम्पन्न गर्न सरकारले नयाँ प्रक्रिया सुरु गर्ने भनेको पनि धेरै भइसक्यो । तर उपलब्धि शुन्य छ ।

सरकारले २०७६ साल बैशाखदेखि काठमाडौंका ४० लाख जनसंङ्ख्यालाई मेलम्चीको पानी खुवाउने घोषणा गरेको थियो । तर, मलेम्ची बन्न सुरु भएको १८ बर्ष पूरा भईसक्दा पनि मेलम्चीको पानी काठमाडौ आउन सकेको छैन ।

सर्वाधिक चासोको मेलम्ची खानेपानी आयोजनाको ९० प्रतिशत काम सकिएको सरकारी दाबी छ । तर, मेलम्ची बनाउन चालू बर्षमा छुट्याएकोमध्ये असार २५ गतेसम्म ३० प्रतिशतमात्र भौतिक तथा वित्तिय प्रगति भएको छ ।

मेलम्चीलाई छुट्याएको कुल ७ अर्ब ६ करोडमध्ये २ अर्ब १७ करोडमात्रै खर्च भएको छ । मेलम्चीको माघसम्म पूजीगत खर्च ७ प्रतिशत थियो । मेलम्चीको पानी ल्याउन झन्डै २७ किलोमिटर लामो सुरुङ निर्माण गरिएको छ ।

इटालियन ठेकेदार कम्पनी सिएमसीले कामबाट हात झिकेपछि सरकार अप्ठ्यारोमा परेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता सुर्यराज कंडेल बताउँछन् ।

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता सुर्यराज कंडेल

बाँकी काम सम्पन्न गर्नका लागि सरकारले खासै चासो दिएको पाइदैन । आयोजनामा ठूलो रकम भ्रष्टाचार भएको हुनसक्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानविन गरिरहेको छ । नयाँ टेण्डर प्रक्रियामा पनि विवाद देखिएको छ ।

यता सर्वसाधारण भने अहिलेसम्म मेलम्ची खानेपानी नआउदा दिक्क भइसकेका छन् । सरकार र ठेकेदार कम्पनीको लापरबाही नै समस्याको मूख्य कारण भएको नागरिक बताउँछन् ।

सन्धुपाल्चोकको मेलम्ची मुहान क्षेत्र रहेको मेलम्चीले पाच चरणमा गरी काठमाडौ उपत्यकाका ४० लाख जनतालाई खानेपानी उपलब्ध गराउने लक्ष्य लिएको छ । आर्थिक वर्ष २०५८ देखि सुरु भई २०६४÷६५ मा सम्पन्न गर्ने भनिएको थियो ।

चौथो पटक संशोधन गरी २०७४ असोजमा सक्ने भनिएको थियो । ९० प्रतिशत काम सम्पन्न भएको सरकारी दाबी रहदा सम्पन्न हुने अझै टुंगो छैन ।



प्रतिक्रिया दिनुहोस्