Logo

निर्मला पन्तको बलात्कार गर्ने नेताकै आसेपासे हुन् : डा. सुरेन्द्र केसी(भिडियोसहित)



साउन १२, काठमाण्डौ । निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरण अझै रहस्यमै छ । घटना भएको १ वर्ष पूरा भइसकेको छ । तर सरकारले अनुसन्धान टुङ्गोमा पुर्याउन पनि सकेको छैन, निष्कर्ष निकाल्न पनि सकेको छैन ।

यही अवस्थाका कारण सरकार र नेपाल प्रहरीमाथि विभिन्न आरोप लाग्दै आएको छ । अपराधमा संलग्नलाई पत्ता लगाउन नसकेको नभै जानजान राज्यले नै संरक्षण गरेको आरोप पनि लाग्दै आएको छ ।

यसै विषयमा विश्लेषक डा. सुरेन्द्र केसीले राजनीतिक दलका नेताहरुसँग नजिक भएका व्यक्ति नै अपराधी भएकाले प्रहरीले पक्राउ गर्न नसकेको जिकिर गरेका छन् ।

यता नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले भने निर्मलाको हत्यारा अहिलेसम्म पत्ता लाग्न नसकेपनि अनुसन्धान जारी राखिएको बताए । डा. केसीले भनेजस्तो अपराधीलाई कसैले पनि संरक्षण नगरेको भन्दै पोखरेलले खण्डन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्