Logo

कक्षा १२ को नतिजा आज सार्वजनिक हुने



काठमाडौं १३ साउन । माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा, कक्षा १२ को नतिजा आज सोमबार सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज साँझसम्म नसतिजा बाहिर आउने जानकारी दिएको छ । नतिजा प्रकाशनका लागि सोमबार बेलुकी ५ बजे बोर्ड बैठकसमेत बोलाइसकेको छ । बोर्डले सबै विषयको परीक्षाफल एकै पटक सार्वजनिक गर्दैछ ।

अघिल्लो वर्षदेखि सबै विषयको नतिजा एकै पटक सार्वजनिक गर्न सुरु गरेको हो । यो वर्ष अघिल्लो वर्षभन्दा केही दिनअघि नतिजा सार्वजनिक गर्ने भएको हो । यस वर्ष कक्षा १२ को परीक्षामा चार लाख भन्दा बढी विद्यार्थी सहभागि भएका थिए ।



प्रतिक्रिया दिनुहोस्