Logo

लियोनद्वारा आर्सनल पराजित



काठमाडौं । प्रि–सिजनको इमिरेट्स कप फुटबलमा फ्रान्सको लियोनले इङ्ल्यान्डको आर्सनललाई पराजित गरेको छ । गएराति भएको खेलमा आर्सनलका पिएरे एमरिक औबामायङ्गले पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिए ।

तर, दोस्रो हाफमा लियोंका मौसा डेम्बेलेले दुई गोल गर्दै टोलीलाई विजयी गराए । यो खेलमा आर्सनलका खेलाडीहरु मेसुत ओजिल र सिड कोलासिनाच खेलेका थिएनन् ।

दुई दिनअघि मात्रै कार लुटेराहरुसँग मुठभेड भएका खेलाडीहरु खेलका लागि पूर्ण रुपले तयार नभएको प्रशिक्षक युनाई एम्रेले बताएका छन् । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्