Logo

अफगानिस्तानी राष्ट्रपतिका उम्मेदवारहरू त्रसित



अफगानिस्तानमा राष्ट्रपतीय निर्वाचनका लागि उम्मेदवारी दिएका नेताहरूले असुरक्षित महसुस गरेका छन् । राष्ट्रपति असरफ घानीका सहयोगी तथा उपराष्ट्रपतिका उम्मेदवारको कार्यालयमा जनधनको क्षति हुनेगरी विस्फोटन भएपछि उम्मेदवारहरुले असुरक्षित महसुस गरेका हुन् ।

उपराष्ट्रपतिका उम्मेदवार अमरूल्लाह सालेहको कार्यालयमा भएको आतंककारी हमलामा परी २० जनाको मृत्यु भएको र थुप्रै घाइते भएको घटनापछि उनीहरूले सुरक्षाको खतरा महशुस गरेका हुन् ।

आइतबार भएको आक्रमणमा मृत्यु भएकामध्ये अधिकांश सर्वसाधारण रहेका छन् भने अरु ५० भन्दा बढी घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

आक्रमणकारीहरुले आक्रमण गरेको स्थान अफगानी ग्रीन ट्रेन्ड पार्टीका नेता सालेहको कार्यालयमा आइतबार करिब ४ः४० बजे पारेर विस्फोट गराइएको अफगानी प्रहरीले जनाएको छ ।

सालेह उहाँले राजनीतिमा प्रवेश गर्नु पहिले अफगानिस्तानको गुप्तचर संस्थाको प्रमुखका रूपमा सेवा गरेका बताइएको छ । युद्वग्रस्त देश अफगानिस्तानमा राष्ट्रपतिय निर्वाचनका लागि घानीसहित कुल १८ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

आइतबारदेखि सुरु भएको प्रचार प्रसार अभियान झण्डै दुई महिना चलेर सेप्टेम्बर २५ तारिखका दिन अन्त्य गर्नु पर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले मतदान सुरु हुनु भन्दा ४८ घण्टा अगाडिसम्म मात्रै प्रचार प्रसार गर्न पाईने समयावधि तोकेको छ । अफगानिस्तानमा राष्ट्रपति चयनका लागि आउँदो सेप्टेम्बर २८ तारिखका दिन मतदान हुने तय भइसकेको छ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्