Logo

लागूऔषधसहित १४ जना पक्राउ



काठमाडौं । देशभर लागूऔषध सहित १४ जना पक्राउ परेका छन् । काठमाडौं, नागर्जुन नगरपालिका-४ बाफलस्थित चन्द्रागिरी नगरपालिका-६ घर भएका २४ वर्षीय सुजन खड्का समेत २ जनालाई नियन्त्रित लागूऔषध नोर्फिन ४५ एम्पुल, डाईजेपाम ४५ एम्पुल र फेनरागन ४५ एम्पुल सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० स्थित मुस्कान अटो ग्यारेज संचालन गरी बस्ने २४ वर्षीय मनु राईलाई अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम २ सय मिलिग्राम १२ साउन दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

स्याङजा, वालिङ नगरपालिका-१० भकुण्डेस्थित स्याङ्जा भिरकोट नगरपालिका-५ बस्ने २६ वर्षीय भिम बहादुर सेन सहित ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर १६ .५ ग्राम सहित १२ साउनको राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ जाँदै गरेको ना.६ ख १२६७ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो ।

मोरङ, केराबारी गाउँपालिका-१० बगैचास्थित सुन्दरहरैचा ८ बस्ने २१ वर्षीय अमित खवास समेत ५ जनालाई अवैध लागूऔषध गाँजा करिब १ केजी २ सय ५० ग्राम सहित १२ साउन राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

बारा, जितपुर सिमरा उपमहानगरपालिका-२३ स्थित भारत घर भएका ३२ वर्षीय सलमगिर देवानलाई अवैध लागूऔषध गाँजा करिब ४ केजी सहित साउन १३ बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले पथलैयाबाट जितपुरतर्फ जाँदै गरेको ग.३ प ९०४० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रमर्मा उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो ।

सुनसरी, बर्जु गाउँपालिका-३ केशलिया खोला नजिकबाट भारत अरिया ग्रामपंचायत-१२ बस्ने २० वर्षीय बिकेश कुमार रायलाई अवैध लागूऔषध गाँजा करिब १२ केजी सहित साउन १२ राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अमडुवा र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।



प्रतिक्रिया दिनुहोस्