Logo

बन्दको धोषणा गर्दे विप्लवले निकाले विज्ञप्ति



काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ले साउन १५ गते रामेछाप र दोलखा जिल्ला सहित बागमती, नारायणी र जनकपुर अञ्चल बन्दको घोषणा गरेको छ ।

गत साउन चार गते राती काठमाडौंको काँडाघारीबाट पार्टीका उपत्यका व्युरो इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको विरोध स्वरुप बन्दको घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ ।

साउन ११ गतेबाट नै विभिन्न संघर्षका कार्यक्रम जारी गरेको पार्टीले आफ्ना कार्यकर्तालाई विना कारण पक्राउ गर्ने, मुडभेडको नाममा मार्ने तथा गिरफ्तारीको औचित्य पुष्टी नगरी यातना दिएको भन्दै संघर्षका कार्यक्रम जारी धोषणा गरेको थियो ।

पार्टी प्रवत्ता प्रकाण्डद्वारा जारी विज्ञप्तीमा लामा सहितका आफ्ना सम्पूर्ण कार्यकर्तालाई विना सर्त रिहाइ गर्न पनि माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्