Logo

‘प्रदेश २ मा छुट्टै ‘विपद् व्यवस्थापन प्राधिकरण’ गठन गर्छौं’



काठमाडौं, १४ साउन । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले राउतले प्रदेश २ मा छुट्टै ‘विपद् व्यवस्थापन प्राधिकरण’ गठन गर्ने घोषणा गरेका छन् । मुख्यमन्त्री राउतले वर्षात, गर्मी र हिउँदको मौसमको मारमा सबैभन्दा बढि प्रदेश २ पर्ने गरेको उल्लेख गर्दै ती समस्या समाधानका हुने गरी छुट्टै ‘विपद व्यवस्थापन प्राधिकरण’ गठन गर्ने घोषणा गरेका हुन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राउतले वर्षामा बाढी र डुबान, हिउँदमा चिसो र गर्मीमा हुरी, बतास र आगलागीका कारण प्रदेश दुईमा सबैभन्दा बढि जनजनको क्षति हुने भएकाले त्यसलाई नियन्त्रण गर्न प्राधिकरण गठन गरेर अघि बढन लागिएको पनि स्पष्ट पारे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रदेश २ सरकारले आफ्नो क्षमता र स्रोतले भ्याएसम्म तुरुन्तै राहत पुर्याएको सुनाए । अहिले पनि प्रदेश सरकार प्रभावित जिल्लामा पुगेर राहत पुर्याउने काममा लागिरहेको राउतले सुनाए । उनले भने,‘अहिलेपनि राहत वितरण गर्न धेरै बाँकी छ । कतिलाई राहत पुग्यो, कतिलाई पुग्यो भनेर हेर्नको लागि हामीसँग संयन्त्र छैन् । तर राहत धेरैलाई पुगेको छैन् ।’

उनले नेपालले आफ्नो तर्फबाट बनाउनुपर्ने तटबन्ध लगायतका कामहरु नगरेको कारण बाढि तथा डुवानको समस्या आएको स्पष्ट पारे । उनले भने,‘लालबकैया, बाग्मती, रातु, कमला र त्रियुगा नदि आसपासमा तटबन्ध बनाउनुपर्ने काम हामीले बनाएनौं । २०४६ साल यता अहिलेसम्म भएका तटबन्धहरुको कुनै ममर्तसम्भार भएको छैन् । एकैचोटी पानीको बेग आउँदा थेग्नै सक्दैन् । र, अहिले यो समस्या आएको हो ।’

 



प्रतिक्रिया दिनुहोस्