Logo

चोरीपैठारीको सामान बरामद



पर्सा । सशस्त्र प्रहरी बलको टोलीले बिरगंज महानगरपालिका १६ स्थित रजतजयन्ती ईलाकाबाट ११ साउनमा २ लाख १८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको सशस्त्र प्रहरी बलको टोलील बरामद गरेको हो ।

सशस्त्र प्रहरी बलको टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालय पर्सामा बुझाएको छ ।



प्रतिक्रिया दिनुहोस्