Logo

चरेश र खुकुरी बोकेका किशोरले प्रहरीलाई घुस दिन खोज्दा…



काठमाडौं । प्रहरीलाई घुस दिन खोज्दा किशोर पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२९ घट्टेकुलोमा डिउटीमा खटिएको प्रहरीलाई नगद ३० हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काभ्रे नमोबुद्ध नगरपालिका-२ घर भएका १८ वर्षीय रञ्जन दासलाई १३ साउनमा प्रहरीले पक्राउ हो ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले दासलाई शंका लागि जाँच गर्ने क्रममा अवैध लागूऔषध चरेश ५ ग्राम, नगद ३७ हजार रुपैयाँ, खुकुरी १ थान, फलामको छिना ३ थान, स्टिलको रड १ थान र रुद्राक्षको माला १ थान सहित फेला पारी नियन्त्रणमा लिन खोज्दा उनले उक्त नगद प्रहरीलाई दिन खोजेका थिए ।

प्रहरीले किशोरमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्