Logo

फर्किएको एक महिनामै फेरि बैंकक जाँदै पूर्व राजा ज्ञानेन्द्र



काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह थाइल्याण्डको राजधानी बैंकक जाने भएका छन् । उनी अर्को हप्ताको अन्ततिर बैंकक जाने भएका हुन् ।

शाह निकट स्रोतका अनुसार साउनको अन्तिम हप्ता पूर्व राजाको बैंकक यात्रा तय भएको हो । एक महिना अघिमात्र उनी दुई हप्ता बैंकक बसेर फर्किएका थिए । परिवारसहित बैंकक पुगेका उनले नेपाली समुदायले आयोजना कार्यक्रममा पनि सहभागिता जनाएका थिए ।
पछिल्लो समय शाहको बैंकक यात्रा बाक्लिनुलाई अर्थपूर्ण मानिएको छ । राजसंस्था रहेको देश थाइल्याण्डमा उनको आकर्षण बढेको छ । त्यहाँ उनकी नातिनीहरु अध्ययन गर्दै आएका छन् ।

पूर्व राजा थाइल्यान्डको यात्रामात्र मात्र सिमिति नभएको हुनसक्नेबारे समेत सरकारले चासो लिन थालेको छ । उनले त्यहाँ रहँदा गोप्य भेटघाट समेत गर्ने गरेको चर्चा चलिरहेको छ । पूर्व राजा राजसंस्था ब्युँताउन सक्रिय रहेका छन् । उनले शक्तिकेन्द्र नजिकहरुसँग विदेशमा समेत भेट्ने गरेको बुझिएको छ । नेपालमा रहँदा उनले बुद्धिजीवी र राजसंस्थासँग सकारात्मक बनेकाहरुसँग भेट गरेका छन् ।

यसैगरी, सत्तारुढ दलका नेताहरु पनि धमाधम विदेश यात्रामा लागेका छन् । नेकपा अध्यक्ष प्रचण्ड युएई प्रस्थान गरेका छन् । उनी परिवारसहित १४ साउनमा उडेका छन् । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नियमिति उपचारका लागि भन्दै १८ साउनमा सिंगापुर जाँदैछन् । Photo: File



प्रतिक्रिया दिनुहोस्