Logo

“तीन तलाक” गैरकानुनी ठहराउने विधयेक भारतमा पारित



एजेन्सी । मुसलमान समुदायले अभ्यास गर्दै आएको तीन तलाक अब भारतमा गैरकानुनी भएको छ । भारतको माथिल्लो सदन राज्य सभाले मुसलमान पुरुषले चाहेमा बोलेको भरमा गर्न सक्ने पारपाचुकेलाई गैरकानुनी ठहर्याउने विधयेक पारित गरेको हो ।

ट्रिपल तलाक भनिएको विषय दुई वर्ष अघि त्यहाँको सर्वोच्च अदालतले मुसलमान महिलाको संवैधानिक अधिकारविरुद्ध रहेको भनेको थियो । त्यसपछि यो विषयमा निकै बहस चली संसदबाट कानुन बनाउन थालिएको थियो । मङ्गलबार राज्यसभाले महिलाको संवैधानिक अधिकार सम्बन्धि विधयेक पारित गरी तीन तलाकलाई गैरकानुनी ठहर्याउने कानुनी व्यवस्था सुनिश्चित गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विधेयक पारित हुनुलाई ठूलो विजय ठानेका छन् । उनले ठ्वीटमार्फत् महिलाको सम्मानका र समानताका लागि ऐतिहासिक कदम भनेका छन् । तीन तलाक गैरकानुनी ठहर्याउने विधयेक पारित गराउन मोदी लामोसमययता सक्रिय थिए ।

तीन तलाको अभ्यास गर्न खोजे तीन वर्षसम्म जेल सजाय हुनसक्ने कानुनी व्यवस्था गरिएको छ । विधयेक पारित भएपछि भारतका मुसलमान महिलाहरुले खुशी मनाएका छन् । Photo: rediff.com



प्रतिक्रिया दिनुहोस्