Logo

यस्ता गुण भएकी नारी जसले परिवारमा सुख र समृद्धि भित्राउँछन



काठमाडौं । भनिन्छ नारी संसारकी प्रतिमूर्ति हुन । घरलाई कस्तो बनाउने भन्ने सम्पुर्ण जिम्मा नारीको हातमा हुन्छ । एउटी नारी राम्रो आचरण ,गुण ,शिल ,स्वभाव भएकी छे भने त्यो घर स्वर्ग जस्तै हुन्छ । हिन्दु धर्म शास्त्रमा पनि नारीका यस्ता गुणबारे चर्चा गरिएको छ ।

– जो मीठो बचन बोल्छ । जसको आवाज मधुर छ र हरेक क्षण मायालु बोली ब्यवहार दर्शाउँछिन् ।

– आस्तिक, सेवा भाव राख्ने, क्षमाशील, दानशील, बुद्धिमान, दयावान, कर्तव्य पालना पूर्ण निष्ठाका साथ गर्ने नारी ।

– जो स्त्री तनले भन्दा मनले सुन्दर छिन् ।

– जो घरमा आएका आगन्तुकलाई हार्दिकताका साथ स्वागत गर्छन् ।

– अर्काको दुख देखेर आफ्नो सामाथ्र्य अनुसार सहयोग गर्ने र अर्काले दुखबाट उन्मुक्ति पाउँदा आनन्द अनुभूत गर्ने नारी ।

– घरका सबै सदस्यालाई उत्तिकै प्रेम, सम्मान, श्रद्धापूर्वक व्यवहार गर्ने । सबैलाई मिठो९मसिनो र स्वस्थ्यकर खाना ख्वाउने नारी

– जो प्रत्येक दिन स्नान गरेर सफा एवं स्वच्छ वस्त्र लगाएर घरमा प्रवेश गर्छिन् ।

– बिहान९साँझ पूजाआजा गर्ने, दीप एवं धूपले घरलाई सुगन्धित बनाउने नारी ।

– पतिव्रत धर्मको पालना गर्ने नारी ।

– धर्म र नीतिको मार्गमा चल्नका लागि परिवारलाई प्रेरित गर्ने नारी ।



प्रतिक्रिया दिनुहोस्