Logo

ट्रम्पलाई राष्ट्रपति चुनावमा चुनौती दिने दौडमा रहेकाहरु



एजेन्सी । संयुक्त राज्य अमेरिकामा सन् २०२० मा हुने राष्ट्रपति चुनावमा रिपलब्लिकनका तर्फबाट डोनाल्ड ट्रम्प उम्मेदवार हुने पक्कापक्की छ । उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति बन्न निर्वाचित हुनुपर्छ ।

तर, ट्रम्प बोली र व्यवहारका कारण विवादमा आइरहे । अबको चुनाव उनका लागि कठिन हुनसक्छ । त्यसैले विपक्षी डेमोक्रयाट्सबाट धेरैले राष्ट्रपतिको उम्मेदवार बन्ने आकांक्षा राखेका छन् । हालसम्म २५ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । यसले उम्मेदवार तय गर्ने प्रक्रिया लम्बिने छाँटकाँट देखिदैछ । डेमोक्रयाटबाट कस्ले उम्मेदवार बन्ने मत जित्नसक्छ प्रतिक्षाको विषय बनेको छ ।

डेमोक्रयाट्का तर्फबाट उम्मेदवार बन्ने प्रतिष्पर्धामा सबैभन्दा कान्छा ३७ वर्षीय पिटे बुटिगेग छन् । उनी पहिलो डेमोक्रयाट समलिङ्गी उम्मेदवार हुन् । उनी पछि ३८ वर्षीय इरिक स्वालवेल छन् । सबैभन्दा जेठा ७७ वर्षीय बर्नी स्यान्डर्स र ७५ वर्षीय पूर्व उपराष्ट्रपति जोय बिडेन छन् । बर्नी यसअघि अन्तिम समयमा हिलारी क्लिन्टनसँग पराजित भई उम्मेदवार बन्न सकेनन् ।

काला जातिबाट कोरी बुकर र वायनी मेसाम प्रतिष्पर्धामा छन् । हिन्दु धर्मालम्बीबाट ३८ वर्षीया तुलसी गब्बार्ड प्रतिष्पर्धामा छिन् । तुलसी बेला बेलामा विवादमा आइरहने गर्छिन् ।

ताइवानी आप्रवासीका छोरा आन्ड्रीउ याङ पनि प्रतिष्पर्धामा छन् । उनले १८ देखि ६४ वर्षका हरेक अमेरिकीलाई मासिक एक हजार डलर चेकको सुनिश्चिततालाई एजेण्डा बनाएका छन् ।

महिला उम्मेदवारहरुमध्ये तुलसीका अलावा ६९ वर्षीया एजिलावेथ वारेन, ६६ वर्षीया मारियानी विलियमसन, ५८ वर्षीया यमी क्लबुकार र ५४ वर्षीया कमला ह्यारिस छन् । कमला जमैकालाली आप्रवासीका छोरी भएपनि भारतीय मूलकी हुन् । Photo:entornointeligente



प्रतिक्रिया दिनुहोस्