Logo

लोकसेवाले फेरी ठुलो संख्यामा विज्ञापन खोल्ने हल्ला



loksewa logo

काठमाडौं । पहिलो चरणको परीक्षा सकिएलगतै सरकारले स्थानीय तहका लागि थप ६ हजार कर्मचारी भर्नाका लागि बिज्ञापन गर्ने भएको छ । स्थानीय तहबाट माग भएर आएका करिब ६ हजार कर्मचारीका लागि फेरी लोकसेवाले बिज्ञापन खोल्ने तयारी गरेको छ ।

गत जेठमा ९ हजार कर्मचारीका लागि विज्ञापन गरिएको थियो । जेठमा गरिएको बिज्ञापनको अहिले परीक्षा भइररहेको छ ।अहिले बिज्ञापनबाट आएका ९ हजार कर्मचारीलाई दशैँअगावै स्थानीय तहमा पठाउने तयारीमा सरकार लागेको छ । अबको तीन साताभित्र ६ हजार कर्मचारीका लागि फेरी बिज्ञापन गर्ने तयारी थालिएको छ ।

कर्मचारीले भने स्थानीय र प्रदेश तहमा समायोजन भएका कर्मचारीलाई पुरानै सेवा सुविधाअनुसार कार्य सम्पादन मूल्याङ्कनको फाराम भर्न मन्त्रालयले गरेको परिपत्रप्रति आपत्ति जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्