Logo

मुख्यमन्त्री राउतको ओलीलाई चेतावनी (भिडियोसहित)



काठमाडौं, १५ साउन । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कडा चेतावनी दिएका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै राउतले केन्द्र सरकारले प्रदेश २ पुरै बाढी तथा डुबानको समस्यामा हुँदापनि कुनै राहत तथा पूर्नस्थापनाको लागि पहलकदमी नलिएकोमा असन्तुष्टि पोखेका हुन् ।

फरक प्रसंगमा उनले वर्तमान प्रधानमन्त्री ओलीलाई मधेश विरोधीको संज्ञा दिए । ओलीले कहिल्यैपनि मधेशको हित नचाहेको उनको आरोप छ । त्यस्तै, उनले संघीयताविरोधी शक्तिहरु सबै समाप्त हुनेपनि चेतावनी दिएका छन् । देश संघीय मर्म र भावनाअनुरुप अघि बढिरहेकोले अब कसैलेपनि यसमा भाँजो हाल्ने काम गर्न नहुने राउतको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्