Logo

प्रचण्ड ओलीको लाइनमा बोल्नुहुन्छ–मोहन वैद्य किरण, महासचिव, नेकपा (क्रान्तिकारी माओवादी)



मोहन बैद्य किरण नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डका पनि राजनीतिक गुरु हुन् । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव हुन् । बौद्धिक चिन्तक वैद्य सधै विद्रोही बने । प्रचण्डसँग विद्रोह गरी नयाँ पार्टी स्थापना गरे । उनीसँगै माओवादी त्यागेर आएका अधिकांश प्रचण्डको साथमा पुगिसकेका छन् । विप्लवले विद्रोहको बाटो लिएका छन् । उनी फरक धारमा छन् । वैद्यसँग पछिल्लो राजनीतिक घटनाक्रम र नेपालको कम्युनिष्ट राजनीतिबारे ऋषि धमलाले नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि लिएको अन्तवार्ताः

ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दावी पश्चात स्कुल विभागलाई लिएर केपी शर्मा ओली र प्रचण्डवीच फेरी विवाद सिर्जना भएको छ अब के हुन्छ ?
ती विवादहरु भनेका चियाको कपभित्रका तुफान हुन । यस्तो विवादले देश चल्दैन उहाँहरु त मिल्ने नै गर्नुहुन्छ र उहाँहरुले देश चलाउन सक्नुहुन्न ।
प्रचण्ड र केपी शर्माको नेतृत्वमा देशमा आर्थिक क्रान्ति हुदैन ?
यो गाहे छ । उहाँहरुले कसरी अगाडी बढ्नेहो ? गम्भीरतापूर्वक सोच्नुपर्छ ।
दुई तिहाईको सरकार हुँदाहुँदै जनचाहना अनुसार किन काम भएन ?
दुई तिहाईको सरकार छ तर वैकल्पिक शक्ति तथा प्रतिपक्ष पनि बलियो छैन । त्यसकारण यो जटिलता छ । घिसिपिटि अगाडि बढ्ने कुरा होला तर समाजलाई गति लिन विकासको रुपान्तरणका लागि राम्रै तयारी गर्नुपर्ने देखिन्छ ।
पछिल्लो चरणमा केपी शर्मा ओलीले म विकास गर्छु भ्रष्टाचार अन्त्य गर्छु भन्दा तपाईहरुले किन साथ दिनुभएन ?
हाम्रो राजनीतिक विचार नै मिल्दैन । हामीले सहयोग गर्ने भन्दा पनि उहाँहरुले गरेका कामहरुको विरोध गर्ने हो । यसकारण आमूल परिवर्तन आवश्यक छ ।
हेग लगे म हिरो हुन्छु भन्ने संकेत गरेका छन् प्रचण्डले । तपाईलाई के लाग्छ ?
यो गम्भीर कुरा जस्तो लाग्छ । यसमा दुईटा पाटा छन् जसमा संक्रमणकालिन न्यायको कुरा छ, विभिन्न आयोगबाट मुद्धा मामिलाको समाधान गर्ने द्धन्द्धको सामाधान गर्ने,द्धन्द्धकालिन न्यायको निकास लिएर जाने कुरा हुन सकेन । उहाँहरुको कानुन बनाउने, निकास निकाल्ने कुरामा ध्यान गएन त्यो एउटा कमजोर पाटो छ । अर्को पाटो भन्दा उहाँहरु सरकारमा हुनुहुन्छ प्रतिपक्ष पनि छ । सत्तामा चलखेल बढिरहेको छ । द्धन्द्धकालिन न्याय प्रणाली त्यसको मुद्धाहरुको हल गर्न कानुन बनाउने, आयोगको निर्माण गर्ने र त्यो अनुसार काम गर्ने हो यो सरकारमा भएकाले किन गदैन र प्रतिपक्ष किन जादैन ?
वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन पाए हुन्थ्यो भनेर यहाँ धेरै प्रतिक्रियावादीहरु लागेका छन् भनेर प्रचण्डले भनेका छन् नि ?
लोकतान्त्रिक गणतन्त्र पनि एउटा प्रतिक्रियावादी हो । विभिन्न प्रतिक्रियावादीहरु हुन्छन् । सत्ताको खेलमा एउटा प्रतिक्रियावादी नभएर अर्को प्रतिक्रियावादी आउन सक्छ । एकातिरबाट पार्टीका कार्यकर्तालाई दमन गर्ने र अर्कोतिरबाट फेरी आफ्नै पार्टीमा प्रवेश गराउने । जनयुद्धमा पनि त्यो भएको थियो । यसले राम्रो परिणाम ल्याउदैन । त्यसैले आन्दोलनकारीसँग वार्ता गर्ने र हल गर्ने ।
अहिलेको अवस्थामा दुई चार जनाले चाहेर र कसैको रहरमा क्रान्ति हुँदैन भन्नुभएको छ प्रचण्डले ?
उहाँले ओली जी को लाइन बोल्नु भएको हो । उहाँ ओलीको लाइनमा जानुभयो ।
सत्य निरुपण आयोग तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोग अन्तर्राष्ट्रिय जगतकै कारण सरकारले पुन ः गठन गर्न लागेको छ , तपाई के भन्नुहुन्छ यस विषयमा ?
यो समस्याको समाधान शान्ति सम्झौता गर्दा किन मूर्तिकरण गर्नुभएन, आयोगलाई किन काम गर्ने वातावरण दिनु भएन, आयोगमा समस्या पैदा भयो भनेर विघटन गर्न हुदैन । सरकार आफूले गरेको गल्ती नदेख्ने अनि आयोगलाई दोष लगाउने ? यो नितान्त गलत हो । कानुन बनाएर अगाडि बढ्नुपथ्यो । यो एउटा पाटो हो भने अर्को पाटो भनेको त्यही खेल्ने प्रवृत्ति पनि छ । अन्तराष्ट्रिय संघ संस्था, मानव अधिकार आयोग छिरेका थिए । त्यसबेला के हेरेर बसेका थिए ? यो पानी धमिल्याएर माछा मार्ने खेल हो । दीगो शान्ति त यो सत्ता र व्यवस्थाले ल्याउने छैन । दिगो शान्ति ल्याउन त आमूल परिवर्तनको आवश्यकता छ ।
नेपालका सबै साना कम्यूनिष्ट पार्टीका नेताहरु एकताबद्ध भएर जानुको विकल्प छैन भनेका छन् ओली र प्रचण्डले ?
आखिर उहाँहरु नै कता मिसिदै जानु हुने हो ? अहिले धैर्य धारणको अवस्था छ यो नयाँ ढंगबाट अगाडि बढ्छ । अहिले त सबैतिर मन्दीको अवस्था छ ।
अहिले त नेपाल कम्यूनिष्ट पार्टी नै मूल प्रवाहमा छ नि त ?
त्यो प्रवाह होइन त्यो त संसदीय धार तिर गयो ।
त्यसो भए केपी र प्रचण्ड कम्युनिष्ट होइनन् ?
कम्युनिष्ट होइनन्, एउटा संसदवादी हुन् । उहाँहरु आफै मूल धारमा हुनुहुन्न अरुलाई मूल धारमा आउन भन्नुहुन्छ । कम्युनिष्ट आन्दोलन एकतावद्ध गर्न आवश्य छ । त्यो हामी अगाडी बढाउछौ ।
तर तपाईसँग जनमत छैन नेपालमा तपाइको नेतृत्वमा कसरी क्रान्ति होला ?
यो गलत कुरा हो, जनताको समर्थन हुन्छ । हामी अगाडी बढ्दै जाँदा जनताको जनमत राम्रो हुन्छ । आन्दोलनमा तलमाथि हुन्छ । क्रान्तिकारी धार एउटा निश्चित रुपमा समृद्ध भएर जान्छ ।
नेत्र विक्रम चन्दसँग तपाईको सम्पर्क हुदैन अहिले ?
पोहोर सालतिर थियो अहिले छैन ।
तपाई वार्ताको पक्षमा कि दमनको ?
त्यो सरकारले बुझने हा,े उहाँहरुले बुझ्ने कुरा हो । हामीले नेत्र विक्रम र सरकारको कुरा गरेर भएन, हाम्रो कुरा भनेको सरकारले दमनको बाटो नलियोस्, विप्लव समहलाई राजनीतिक दलको रुपमा स्वीकार गरोस्, प्रतिबन्ध हटाओस्, राजनीतिक निकास निकालोस् । दमनको बाटोबाट समस्याको समाधान हुदैन ।
त्यसो भए वार्ता, संवाद र सहमतिकै बाटोमा जानुपर्छ भन्ने पक्षमा हो तपाई ?
वार्ता गर्नुपर्छ, वार्ता सफल असफल जे पनि हुन सक्छ तर राजनीति गर्नेहरुले वार्ताको बाटोलाई पकड्नै नहुने भन्ने होइन ।

सुन्नुहोस्ः http://www.radionrn.com/archives/70521



प्रतिक्रिया दिनुहोस्