Logo

एघार हजार घुससहित नापीका कर्मचारी पक्राउ



काठमाडौं । एघार हजार घुससहित नापीका कर्मचारी पक्राउ परेका छन् । नापी कार्यालय ईनरूवा सुनसरीका सर्भेक्षक मागैन महतो र लेखापढी व्यवसायी राम नारायण पोदार घुस लिइसकेको अवस्थामा १४ साउनमा पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उनीहरुले जग्गाको नक्सा सुधार गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले घुस रकम सहित ईनरूवा नगरपालिका वार्ड नं.३ मा रहेको लेखापढी व्यवसायी राम नारायण पोदारको लेखापढी गर्ने घुम्ती अगाडीबाट पक्राउ गरेको हो ।

दुवैलाई रङ्गेहात नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्